Section 21
खर्च भराउन सक्ने

(१) दफा १८ को उपदफा (२) बमोजिम सडकमा छाडेको वा राखेको माल पन्छाउँदा वा सोही दफाको उपदफा (६) बमोजिम कुनै काम कारवाई गर्दा सडक विभागले गरेको खर्चको रकम सरोकारवाला व्यक्तिबाट भराई लिन सक्नेछ ।(२) उपदफा (१) बमोजिम भराई लिनु पर्ने रकम बुझाउन सडक विभागले सरोकारवाला व्यक्तिको नाउँमा पैंतीस दिनको म्याद तोकी म्याद जारी गर्नेछ र सो म्यादभित्र उक्त रकम पनि नबुझिएमा वा थप म्यादको लागि माँग पनि नगरेमा सरकारी बाँकी सरह असुलउपर गर्ने तर्फ कारवाई चलाउनु पर्नेछ ।(३) सार्वजनिक सडकको आवागमनमा बाधा पु¥याउने गरी छोडेको वा राखेको कुनै माल वस्तुलाई सडक विभागले आफनो नियन्त्रणमा लिएको भए त्यस्तो माल पन्छाउँदा वा अन्यत्र लैजाँदा सो विभागले व्यहोर्नु परेको खर्च उपर नहुन्जेल त्यस्तो माललाई रोक्का गरी राख्न सक्नेछ र एक वर्षसम्म पनि त्यस्तो खर्च उपर हुन नआएमा वा त्यस्तो माल वस्तुको मालिक पत्ता नलागेमा सो माल वस्तु नेपाल सरकारमा लाग्नेछ ।